प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा संवैधानिक इजलासमा सुनुवाइ जारी

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा संवैधानिक इजलासमा सुनुवाइ जारी

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइ सुरू गरेको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ। सोही संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको हो।

संवैधानिक इजलासमा  प्रधानन्यायाधीश राउतसहित  न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन्। प्रतिनिधिसभा विघटनविरुद्ध १६ वटा रिट  परेका छन्। रिट निवेदनमाथि संवैधानिक इजलासमा एकमुष्ट सुनुवाइ सुरू भएको हो। अहिले रिट निवेदक तर्फका कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्। 

अधिवक्ताहरू प्रेमराज सिलवाल, शेरबहादुर रोकाया,विमल पोखरेल,आभाष पोखरेल,दल बहादुर धामी, खड्कबहादुर शाहलगायत १६ जनाले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइ रिट दायर  गरेका हुन्।