पार्टी प्रमुखबारे बोल्यो कि पोल्यो
काठमाडौं। कम्युनिष्टहरू चुनाव हारे भने हारियो भन्दैनन्। कि त घात-अन्तर्घात भयो, कि धाँधली भयो भन्छन् ।
चुनावमा पराजित भएपछि कम्युनिष्टहरूले लगाइरहने यो रटानको आयु भने लामो हुँदैन। मतपरिणाम आएको केही समयपछि नै अघिल्लो चुनावको चर्चा छोडेर नेताहरू आउने चुनावको तयारी गरिरहेका हुन्छन्। यसपटक पनि २०७९ को निर्वाचन भएको वर्ष दिन नपुग्दै नेताहरूले मिसन–८४ नै चलाउन थालेका थिए।
तर घात-अन्तर्घातमाथि कारबाही चलाउने मामिलामा कम्युनिष्टहरूभन्दा उदार मानिने नेपाली कांग्रेसले यसपटक अचम्मै गर्यो। चुनाव सकिएको साढे दुई वर्ष हुनै लाग्दा गत चुनावमा आफूहरूले उठाएका र समर्थन गरेका उम्मेदवारहरूलाई पराजित गर्न भूमिका खेलेको भन्दै कांग्रेसको अनुशासन समितिले १८ जनालाई कारबाही गर्ने निर्णय गर्यो।
अनुशासन समितिको यो निर्णय साता दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा भएका छलफल र निर्णय भन्दा धेरै चर्चाको विषय भयो। अनुशासन समितिले निर्वाचनमा भएका घातहरूबारे पार्टीमा परेका २१ हजार उजुरीमाथि छानबिन गरेर १८ जनालाई कारबाही गर्ने निर्णय गरेको थियो।



थर्ड पोल 