पदमुक्ता भए बिमा प्राधिकरणका अध्यक्ष ओझा

पदमुक्ता भए बिमा प्राधिकरणका अध्यक्ष ओझा


काठमाडौं । बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई सरकारले पदमुक्त गरेको छ । निलम्बित अध्यक्ष ओझाले अध्यक्षमा नियुक्त हुँदा पेस गरेका कागजात शंकास्पद रहेको छानबिन समितिको निष्कर्षका आधारमा सोमवारको मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको बताइन्छ ।

सरकारले गत असार ३० गते पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा कपिल वली तथा जीवनप्रकाश सिटौला सहित तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिको प्रतिवेदन बुझाएसँगै प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई कार्यान्वयनका लागि निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार अर्थमन्त्री विष्णु पौडेलले ओझालाई पदमुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए ।

प्रतिवेदनमा ओझाको योग्यता तथा अनुभव कानुनले तोकेको स्तरमा नपुगेको, कार्यसम्पादन कमजोर भएको र उनले पेस गरेका कागजातले बीमा क्षेत्रसँग सम्बन्धित अनुभव पुष्टि नगरेको उल्लेख छ ।