पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

 पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

काठमाडौं । पहिरोका कारण देखिएको इन्धन आपूर्तिमा समस्या समाधान भएको छ । मुग्लिन क्षेत्रको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गतका अधिकांश पेट्रोलपम्पहरूमा इन्धन अभाव भएको थियो ।

पहिरोले ट्यांकर पास हुन नसकेपछि पेट्रोल पम्पमा इन्धन अभाव देखिएको थियो । तर, यो समस्याको समाधान भइसकेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।