पुतलीसडकमा माइक्रोले ठक्कर दिँदा दुई बालबालिका घाइते
काठमाडौंको पुतलीसडकमा माइक्रो भ्यानले ठक्कर दिँदा दुई जना बालबालिका घाइते भएका छन्।
बुधबार पौने १० बजेतिर काठमाडौं-२८ शंकरदेव क्याम्पस नजिकै भ्यानले दुई जना बालबालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
बा प्र ०१-००२ च ८३२२ नम्बरको भ्यानले ठक्कर दिएको हो।
भ्यानको ठक्करबाट धनकुटाकी ५ वर्षीया बालिका र ९ वर्षीय बालक घाइते छन्।
बालिकाको अवस्था सामान्य छ भने बालकको अवस्था गम्भीर छ। बालकको उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको छ। बालकको टाउकोमा चोट लागेको छ।



थर्ड पोल 