पुटिनलाई छाडेर अब सीलाई भेट्दैछन् ट्रम्प

पुटिनलाई छाडेर अब सीलाई भेट्दैछन् ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको प्रस्तावित शिखर सम्मेलन रद्द गरेर अब चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने घोषणा गरेका छन्।


धबार मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘यो (पुटिनसँगको बैठक) ठिक लागेन। हामीले जुन बिन्दुमा पुग्नु पर्थ्यो, त्यहाँ पुग्न सक्षम हुनेछैनौँ जस्तो लाग्यो, त्यसैले मैले यसलाई रद्द गरेँ।’ उनले आफूले बेकारको बैठक गर्न नचाहेको पनि बताए।

आफ्नो आगामी कूटनीतिक भ्रमणको घोषणा गर्दै ट्रम्पले भने, ‘अर्को हप्ता हामी मलेसिया, दक्षिण कोरिया र जापानको यात्रा गर्दैछौँ। दक्षिण कोरियामा, म चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछु।’