पाँचवटा संसदीय समितिको बैठक बस्दै, विद्यालय शिक्षा विधेयकसहित यी विषयमा छलफल हुने कार्यसूची
संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ।
बुधबार अर्थसमिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० का सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ।
बिहान साढे ७ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुई वटा उपसमितिहरूले पेश गरेको प्रतिवेदन समितिसमक्ष पेश गर्ने कार्यसूची छ।
पूर्वाधार विकास समितिको बैठक बिहान साढे ८ बजे बस्दैछ। बैठकमा विद्युतीय विधेयक, २०८० माथि संशोधनसहित दफाबार छलफल हुने कार्यसूची छ।
दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।
सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।



थर्ड पोल 