पाकिस्तानपछि इजरायलले गर्‍यो ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन

पाकिस्तानपछि इजरायलले गर्‍यो ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन् । नेतन्याहूले मंगलबार ह्वाइट हाउसमा ट्रम्पलाई यसबारे जानकारी गराएका थिए।

नेतन्याहूले भने, ‘म तपाईंलाई मैले नोबेल पुरस्कार समितिलाई पठाएको पत्र देखाउन चाहन्छु । यसमा तपाईंलाई शान्ति पुरस्कारका लागि मनोनयन गरिएको छ, जसका तपाईं पूर्णरूपले हकदार हुनुहुन्छ र तपाईंले यो पाउनु पर्छ।’

ट्रम्पले मध्यपूर्वमा शान्तिका लागि गरेका प्रयासहरूलाई मध्यनजर गर्दै आफूले यो निर्णय गरेको नेतान्याहूले जानकारी दिएका छन् ।

यसअघि पाकिस्तान सरकारले पनि ट्रम्पलाई २०२६ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिसकेको छ। भारत–पाकिस्तानबीचको युद्धको सम्भावनालाई रोक्न ट्रम्पले गरेका कूटनीतिक पहल र मध्यस्थताले ठूलो द्वन्द्व टार्न सहयोग पुर्‍याएको भन्दै पाकिस्तानले ट्रम्पलाई मनोनयन गरेको हो ।