निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छः प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन्।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताए।
उनले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताए।
उनले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ। घोषित निर्वाचन समयमा नै हुनुपर्छ। समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ।’
उनले पार्टीको जिम्मेवारी बाँडफाँट भने मंगलबारको बैठकमा टुंग्याउने जानकारी दिए।



थर्ड पोल 