नियमित महाधिवेशनको दबाब बढाउन शेखरलाई देउवा पक्षका केन्द्रीय सदस्यको आग्रह

नियमित महाधिवेशनको दबाब बढाउन शेखरलाई देउवा पक्षका केन्द्रीय सदस्यको आग्रह

 निर्वाचनअघि नियमित महाधिवेशनको पक्षमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका २७ केन्द्रीय सदस्यले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई भेटेका छन् ।

कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बिहान भेटेर उनीहरूले नियमित महाधिवेशनका लागि दबाब बढाउन थप सक्रिय हुन उनलाई आग्रह गरेका छन् ।

कोइरालालाई भेट्न पुगेका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले नियमित महाधिवेशनका लागि सक्रियता बढाउन आग्रह गरिएको बताए ।