नयाँ वर्षको उत्सव मनाइरहँदा स्विट्जरल्यान्डको बारमा विस्फोट, १० जनाको मृत्यु
स्विट्जरल्यान्डमा नयाँ वर्षको उत्सव शोकमा परिणत भएको छ । त्यहाँको प्रसिद्ध लग्जरी स्कि गन्तव्य क्रान्स मोन्टानामा बिहीबार बिहान एक बारमा अचानक ठूलो विस्फोट हुँदा १० जनाको ज्यान गएको बताइएको छ भने अन्य १० जनालाई गम्भीर चोट लागेको छ ।
अहिलेसम्म आएका अपडेटहरूमा घटनाको कारण स्पष्ट भएको छैन । विस्फोटको जानकारी पाउनासाथ प्रहरी र आपतकालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए । घाइतेहरूलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ ।
स्विट्जरल्यान्डको वालिस क्यान्टनका प्रहरी प्रवक्ता गेटन लेथियनले एजेन्सीहरूलाई विस्फोट कारण प्राप्त नभएको बताएका छन् । “धेरैजना घाइते भएका छन् र धेरैको मृत्यु भएको छ,” उनले भने । उनले यो पनि बताए कि विस्फोट मध्यराति करिब १ बजेर ३० मिनेटमा भएको थियो ।



थर्ड पोल 