नयाँ जीवित देवी (कुमारी) विधिवत् रूपमा स्थापित

नयाँ जीवित देवी (कुमारी) विधिवत् रूपमा स्थापित


काठमाडौं।  स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रूपमा स्थापित गरिएको छ ।नवघोषित कुमारी शाक्यलाई आज मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारी घर प्रवेश गराई आसन ग्रहण गराइएको हो । 

विशेष बाजागाजासहित कुमारी घरमा विधिवत् रूपमा आसन ग्रहण गराएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराउने तयारी गरिएको छ ।

जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक मानिन्छ । कुमारी छनोटको विधिवत् प्रक्रिया पूरा गरेपछि आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो ।