नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कबाट ६.२९ प्रतिशत ब्याजदरमा गाडी कर्जा योजना
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकका लागि विशेष सुविधासहित गाडी कर्जा योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले केवल ६.२९ प्रतिशत ब्याजदरमा सजिलै नयाँ गाडी खरिद गर्न सक्नेछन्।
बैङ्कले भाद्र २०८२ को आधार दर ५.७९ प्रतिशत मा ०.५ प्रतिशत थप गरी यो दर तय गरेको जनाएको छ। आगामी दसैँ, तिहार र छठ पर्व लक्षित गरी ल्याइएको यस योजना चाडपर्वको समयमा नयाँ गाडीको सपना पूरा गर्न सहयोगी हुने बैङ्कको अपेक्षा रहेको छ।
सीमित समयका लागि मात्र लागू यो विशेष योजना देशभरका विभिन्न शाखाहरूबाट लिन सकिने बैङ्कले जनाएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक हाल २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटिएम र ६० शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ।



थर्ड पोल 