नाटक ‘शिरिषको फूल’को प्रिमियर, सनिशा भन्छिन्- डेब्यू सपनाजस्तै
कान्तिपुर थिएटरले पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’माथि आधारित सोही नामको नाटकको मञ्चन सुरु गरेको छ । विहिबार बेलुका नाटक प्रिमियर गरियो ।
साउन २७ गतेसम्म मञ्चन हुने नाटकको शीर्ष भूमिकामा जीवन लुइँटेल, सनिशा भट्टराई र राज न्यौपानेको अभिनय छ । जीवन र सनिशाको नाटकमा यो डेब्यु हो ।
सनिशाले आफ्नो पहिलो थिएटर अनुभवलाई डर, उत्साह र सपनाको मिश्रण भएको बताइन् । उनको नाटक हेर्न बुवाआमा पनि कान्तिपुर थिएटरमा उपस्थित थिए ।
‘ मेरो पहिलो थिएटर अनुभव डर, उत्साह र सपना जस्तै लाग्ने क्षणहरू । मञ्चमा उभिँदा शरीर काँपिरहेको थियो, तर हिम्मत र आत्मा भने चम्किरहेको थियो । यो सपना जस्तै लाग्ने क्षण अझ विशेष बनायो मेरो मामुबाबा को उपस्थितिले..मेरो प्रेरणा, मेरो साथ, र मेरो सधैंको समर्थन । यो सुरुवात तपाईं बिना अधुरो हुन्थ्यो ।’
यो नाटकमा जीवन सुयोगवीर, सनिशा सकम्बरी र राज शिवराजको चरित्रमा देखिएका छन् । लेखन र निर्देशन पत्रिका घिमिरेले गरेकी हुन् ।
नाटक साउन ८ गते बिहीबारदेखि साउन महिनाभरि प्रत्येक दिन साँझ ५ः३० बजे कान्तिपुर थिएटर, गैह्रीधारा (कान्तिपुर फिल्म एकेडेमी परिसर) मा मञ्चन हुनेछ



थर्ड पोल 