नगरपालिका चलाउन नसक्नेले देश चलाउँछ भन्ने भ्रम पाल्नु हुन्न– महेश बस्नेत

नगरपालिका चलाउन नसक्नेले देश चलाउँछ भन्ने भ्रम पाल्नु हुन्न– महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले 'नगरपालिका चलाउन नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्न नहुने' बताएका छन्।

रवि-बालेन गठबन्धनपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले काण्डै काण्डमा मुछिएका रविसँगको गठबन्धनले बालेनको स्वतन्त्र छवि पनि तीव्र गतिमा घट्ने बताएका छन्।

'बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रविजस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ,' बस्नेतले लेखेका छन्, 'काम गर्ने कालु, मकै खाने भालु भनेजस्तै रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्‍याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजनमा आधारित नहुँदा जनतासँगको दुरी झन् बढ्दै जाने र जनमत कमजोर हुँदै जाने निश्चितै छ।'