नेकपाको एकता सन्देशसभा आज कोसीमा

नेकपाको एकता सन्देशसभा आज कोसीमा

 नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज (मंसिर १५) कोसी प्रदेशमा एकता सन्देशसभा आयोजना गर्दै छ ।

पार्टीले सातै प्रदेशमा एकता सन्देशसभाको घोषणा गरेको छ । सोहीबमोजिम कोसीमा सभा गर्न लागिएको हो ।

यही मंसिर १२ गते सुदूरपश्चिमबाट सुरु एकता सन्देशसभा लुम्बिनी र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको छ । 

यस दिन दिउँसो विराटनगरमा हुने एकतासभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।