नेको इन्स्योरेन्सले ११ लाख बढी कित्ता शेयर बिक्री गर्दै

नेको इन्स्योरेन्सले ११ लाख बढी कित्ता शेयर बिक्री गर्दै

काठमाडौं ।  नेको इन्स्योरेन्सले ११ लाख बढी कित्ता शेयर बिक्री गर्ने भएको छ । नेको इन्स्योरेन्सले आफ्नो संस्थापक समूहको ११ लाख ९ हजार कित्ता बराबारको शेयर बिक्रीमा राखिएको हो। यो शेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमै बिक्रीमा राखिएको छ।

हाललाई संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिएको हो। ३५ दिनभित्र संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।