दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् । सो घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए ।
जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो । त्यहीबेला उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको सिराहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए ।



थर्ड पोल 