दल दर्ता गर्नुअघि कुलमान र सुदन अन्तिम पटक छलफल गर्दै

दल दर्ता गर्नुअघि कुलमान र सुदन अन्तिम पटक छलफल गर्दै

ऊर्जामन्त्री कुलमान घिसिङ र जेन-जी आन्दोलनबाट उदाएका नेता सुदन गुरुङबीच फेरि भेटघाट हुने भएको छ।

आइतबारदेखि यी दुईजना पटकपटक भेट गरेर एउटै पार्टी बनाउने विषयमा छलफल गरिरहेका छन्।

सोमबार र मङ्गलबार बिहान पनि गुरुङ र घिसिङबीच भेटवार्ता भएको थियो। मंगलबार बिहान भएको भेटमा गुरुङ र घिसिङले पार्टी एउटै बनाएर जाने विषयमा छलफल गरे।

तर कुलमानले आफ्नो पार्टीको नाम उज्यालो नेपाल रहने बताउँदै नेतृत्वमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई नै अघि सार्ने अडान राखे ।

यता गुरुङले सकेसम्म मिलेर जानुपर्ने भन्दै जेन-जीसहितका परिवारको तर्फबाट नेतृत्वमा अगाडि सारेर जानुपर्ने मत राखे । दुवैबीच बिहान पनि कुरा नमिलेपछि सुदन निस्किए । अहिले फेरि ऊर्जामन्त्री घिसिङले सुदनलाई बोलाएका छन् ।

नेताहरूका अनुसार सम्भवत: कुलमान र सुदनले दल दर्ता गर्नु अगाडि अन्तिमपटक भेट्न लागेका हुन् ।