दुर्गा प्रसाई भन्छन्- राप्रपाबाट राजाले आश नगरे हुञ्छ
1. दुर्गा प्रसाई भन्छन्- राप्रपाबाट राजाले आश नगरे हुञ्छ
सांसदबाट राजीनामा नदिए जनताले पत्याउँदैनन्मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई लक्ष्य गर्दै राजा र हिन्दुराष्ट्रको एजेन्डा छाड्न आग्रह गरेका छन्।
‘राजेन्द्र र धवल दाइलाई भन्छु- तपाईंहरू आजदेखि राजा र हिन्दुअधिराज्य भनेर नभन्नुस्। त्यो माग हामीले उठाएको हो। पानसमा दियो बालेर राजालाई सडकमा ल्याउने काम त दुर्गा प्रसाईंको अभियानले गरेको हो नि त, त्योभन्दा अघि राजा त मन्दिरमा मात्रै जानुहुन्थ्यो, हाम्रो अभियानपछि आमजनतामा आउनुभएको हो, प्रसाईंले आफ्नै युटुब च्यानलमा राखेको भिडिओमा भनेका छन्।
८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा राजसंस्था फर्काउने क्रान्ति हुन्छ त भनेर सोधिएको प्रश्नमा जबाफ दिँदै प्रसाईंले भने, ‘मैले हिजोको स्थिति देखेपछि- त्यहाँ पशुपति शम्शेर, प्रकाशचन्द्र लोहनी निदाउँदै गरेको, कार्यक्रम सुरू भएपछि विक्रम पाण्डे हिँडेको देख्दा राजाले आश नगर्दा हुन्छ, राजाले यिनीहरूबाट आश नगर्दा हुन्छ।
उनले अहिलेको व्यवस्था परिवर्तन हुने दाबी पनि गरेका छन्।तर आफूले गरेको कार्यक्रममा राप्रपा र राप्रपा नेपालले जस लिन खोजेको भन्दै प्रसाईंले आपत्ति जनाएका थिए। फागुन २७ गते पत्रकार सम्मेलन गर्दै प्रसाईंले लिङ्देन र थापालाई कटाक्ष गरेका थिए।
‘राजसंस्था र हिन्दु अधिराज्यलाई खोलामा बगाएर समुन्द्रमा तिलाञ्जली दिने, अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई ए हामीले गरेको, काठमाडौं महानगरमा गएर पैसा तिरेर हामीले गरेको, अनि चैत १ गतेदेखि आन्दोलन सुरू गरिहालौं, दुर्गा प्रसाई आउनुपर्यो हामीसँग मिल्नुपर्यो। उहाँहरूले मलाई गोठालोजस्तो पो सम्झनुभएको छ भनी प्रसाईंले आफू पूर्वराजासँगै संगत गर्ने पनि बताएका थिए।



थर्ड पोल 