दुर्गा प्रसाईं चौथो पटक पक्राउ– पहिले आसामबाट ल्याइयो, त्यसअघि भर्याङ हालेर पस्नुपर्यो घरभित्र
प्रहरीले सोमबार मध्यरात भक्तपुरस्थित निवासबाट दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ।
सार्वजनिक शान्ति भंग गर्ने अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताएका छन्।
'नागरिक स्वतन्त्रताका नाममा उहाँले सार्वजनिक शान्ति भंग गरिरहनुभएको छ,' एसपी भट्टराईले मंगलबार बिहान सेतोपाटीसँग भने, 'उहाँ सबैलाई अभिव्यक्ति स्वतन्त्रतामा विरोध गर्न पाइन्छ भन्नुहुन्छ। तर अभिव्यक्ति स्वतन्त्रताका आडमा उहाँले गरेका क्रियाकलाप सार्वजनिक शान्ति भंग हुने खालका र अफवाह फैलिने खालका छन्। त्यसैले नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं।'
एसपी भट्टराईका अनुसार सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा पक्राउ गरिएका प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्ति दिँदै आएका थिए। आफूले ठूलै आन्दोलन गरेर देश ठप्प पार्न लागेको र त्यसका लागि रासनपानी बन्दोबस्त गरेर राख्नू भन्ने जस्ता अभिव्यक्ति दिएर उनले समाजलाई भ्रमित पार्दै आएका थिए।
सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका अभिव्यक्ति पत्याएर धेरैमा डर र त्रास छाएको थियो।



थर्ड पोल 