थापाको काउन्टरमा यादवले प्रस्तुत गरे अर्को तालिका

थापाको काउन्टरमा यादवले प्रस्तुत गरे अर्को तालिका

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकाको काउन्टरमा अर्को कार्यतालिका पेस भएको छ । संस्थापनका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले अर्को कार्यतालिका पेस गरेका हुन् ।

महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । सहमहामन्त्री यादवले त्यसको काउन्टरमा आगामी चैत २७ देखि २९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका बैठकमा पेस गरे ।