त्रिशुली नदीमा बाढी आउँदा दुई जना फसे, हेलिकोप्टरमार्फत उद्धार गरिँदै

त्रिशुली नदीमा बाढी आउँदा दुई जना फसे, हेलिकोप्टरमार्फत उद्धार गरिँदै

त्रिशुली नदीमा बाढी आउँदा दुई जना बिचमै फसेका छन्। बिदुर नगरपालिका- १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा एक पुरुष र एक महिला फसेका हुन्।

उनीहरु बिहान दाउरा संकलन गर्न पुगेका थिए। तर, बाढीले नदीको सतह बढेपछि उनीहरु रुख चढेर बसेका हुन्। अहिले घटनास्थलमा सुरक्षा कर्मी र स्थानीय पुगेका छन् भने उद्धारका लागि हेलिकोप्टर पुगेको छ।