तीजको नाच हेरेर फर्कँदै गरेकी बालिकामाथि सामूहिक बलात्कार

तीजको नाच हेरेर फर्कँदै गरेकी बालिकामाथि सामूहिक बलात्कार

दैलेखमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का  २५ वर्षीय खगेन्द्र भण्डारी र २४ वर्षीय गोविन्दबहादुर शाहीलाई शनिबार बेलुकी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बरालले जानकारी दिए।

शुक्रबार राति १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको डिएसपी बरालले जानकारी दिए।

बालिकाका अभिभावहरुले किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

शुक्रबार तीजको अवसरमा भएको नाचगान हेरेर फर्किँदै गर्दा उनीहरूले सामूहिक बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

तीज नाचबाट साथीहरूसँग फर्कँदै गर्दै जंगलनजिक पुगेपछि ती दुई पुरूषहरूले लखेटेको जाहेरीमा उल्लेख छ।