डेढ वर्षदेखि श्रम सम्झौता नवीकरणमा आनाकानी गर्दै मलेसिया
सन् २०१८ मा नेपालले मलेसियासँग श्रम सम्झौता (एमओयू) गरेको थियो । चार वर्षपछि नवीकरण गर्नेगरी गरिएको सम्झौता ६ वर्ष पूरा भइसकेको छ ।
सम्झौता नवीकरणका लागि नेपालले पटक पटक मलेसियालाई पत्राचार गरेको छ । तर, त्यसको जवाफ हालसम्म नआएको नेपाली अधिकारीहरूले जनाएका छन् ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका तत्कालीन मानव संशाधनमन्त्री कुला सेगरनले श्रम सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामै चार वर्षमा नवीकरण गर्ने उल्लेख छ, तर ६ वर्षसम्म पनि हुन सकेको छैन ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीका अनुसार सम्झौता नवीकरणका लागि दुई पटक पत्राचार गरिएको थियो, तर, दुवै पत्रको जवाफ आएको छैन ।



थर्ड पोल 