ठूलो परिणामको लागुऔषधसहित धरानबाट एक जना पक्राउ

ठूलो परिणामको लागुऔषधसहित धरानबाट एक जना पक्राउ

सुनसरीको धरानमा प्रतिबन्धित लागुऔषधको कारोबार गर्ने व्यक्तिहरू धमाधम पक्राउ परिरहेका छन् । तर लागुऔषध सेवन र कारोबार न्यूनीकरण भने हुन सकेको छैन।

मंगलबार राति पनि ईलाका प्रहरी कार्यालय धरानको टोलीले  धरान उप-महानगरपालिका-५  झर्नाचोक स्थित कला खत्रीको घरमा डेरा गरी बस्ने  वर्ष १९ को सुदिप भन्ने मुन्सन राई ठूलो परिणामको प्रतिबन्धित लागु औषधसहित पक्राउ परेका हुन् ।  

राईले रातिको समयमा लागुऔषध कारोबार गरी रहेको सूचनाको आधारमा कोठा खानतलासी गर्दा उनको जेब्रा झोलाभित्र लुकाएर राखेको लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए । उनका अनुसार राईको साथबाट प्रतिबन्धित लागु औषध ट्रामाडोल ८ हजार ८७६ क्याप्सुल, मिफिनिक स्पास ७ हजार ८९० ट्याब्लेट नाईट्रेजाम्प २० ट्याब्लेट, स्पारेस्ट २९५ ट्याब्लेट र कोलिवन-३१२ ट्याब्लेट फेला बरामद गरिएको छ ।