ट्रम्पले घटाए चीनमाथि लगाएको कर, दुर्लभ खनिज व्यापार समाधान हुने दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा वार्ता भएको छ।
वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले फेन्टानिल बनाउन प्रयोग हुने रसायनको आपूर्तिको बदलामा सबै सामानमा पहिले लगाइएको कर घटाउने घोषणा गरेका छन्।
अमेरिकाले यसलाई फेन्टानिल कर भन्छ। यी कर २० प्रतिशतबाट १० प्रतिशतमा घटाइएको छ। ट्रम्पले चीनले आफ्नो पहिलेको घोषणा अनुसार अमेरिकाबाट ठूलो मात्रामा सोयाबीन किन्न सहमत भएको बताए।



थर्ड पोल 