ट्रम्पले आफै मुछिएको प्रकरणको फाइल खोल्न दिए अनुमति

ट्रम्पले आफै मुछिएको प्रकरणको फाइल खोल्न दिए अनुमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफै मुछिएको जेफ्री एपस्टिनसँग सम्बन्धित दस्ताबेज सार्वजनिक गर्ने प्रस्तावमा हस्ताक्षर गरेका छन्।

अमेरिकी संसदको दुवै सदनबाट पारित भएर आएको एपस्टिनसँग सम्बन्धित विषयको दस्तावेज सार्वजनिक गर्ने प्रस्तावमा ट्रम्पले बिहीबार हस्ताक्षर गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले अमेरिकी न्याय विभागलाई ३० दिनभित्र उक्त फाइल सार्वजनिक गर्न निर्देशन दिएका छन्।

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा जेल सजाय भोगेका एपस्टिनसँग ट्रम्पको समेत सम्बन्ध रहेको विषय सार्वजनिक भए पछि उनको चर्को आलोचना हुँदै आएको छ।

पछिल्लो समय डेमोक्र्याटिक सांसदहरूले एपस्टिनले ट्रम्पको नाम नै लिएर विभिन्न व्यक्तिहरूलाई गरेको इमेल सार्वजनिक गरेका थिए।

त्यसपछि रिपब्लिकन सांसदहरूले एपस्टिनले गरेको सबै इमेल सार्वजनिक गरेका थिए।