झांक्रीलाई लक्षित गर्दै पराजुलीको टिप्पणी, स्टन्टबाजी हेर्दैछौं, समय आएपछि गुन तिर्छौं

झांक्रीलाई लक्षित गर्दै पराजुलीको टिप्पणी, स्टन्टबाजी हेर्दैछौं, समय आएपछि गुन तिर्छौं


काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले केही मान्छेहरू पार्टी नेतृत्वमाथि प्रहार गर्न थालेको भन्दै आपत्ति जनाएका छन् । विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा स्थायी कमिटी सदस्य रामकुमारी झांक्रीतर्फ इंकित गर्दै ‘सेलिब्रेटि बन्न र स्टन्टबाजी’ गर्न मूल नेतृत्वमाथि प्रहार भएको बताएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा दर्ता भएसँगै अध्यक्ष माधव नेपालमाथि विशेष अदालतबाट ३५ लाख धरौटी माग गर्दै छाडिएको थियो ।सोही विषयलाई लिएर स्थायी कमिटी सदस्य झांक्रीले रुपन्देहीमा पुगेर अध्यक्ष नेपालमाथि दिएको अभिव्यक्तिलाई लिएर पार्टी पंक्तिमा आलोचना सुरु भएको थियो । लगत्तै, पार्टी अनुशासन विभागले उनलाई स्पष्टीकरण पनि सोधेको छ । उनले बजारमा भइरहेका यस्ता स्टन्टबाजी गरिरहेको भन्दै समय आएपछि गुन तिर्ने पनि बताए ।उनले अध्यक्ष नेपालविरुद्ध राजनीतिक प्रतिशोध रहेको भन्दै त्यसविरुद्ध डटेर सामना गर्ने पनि बताए ।