जिल्ला जिल्लामा सर्वेक्षण टोलि खटाउदै रास्वपा

जिल्ला जिल्लामा सर्वेक्षण टोलि खटाउदै रास्वपा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्लास्तरमा जनमत सर्वेक्षणका लागि टोली खटाएको छ। स्रोतका अनुसार पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रलाई विशेष लक्ष्य बनाउँदै सर्वेक्षण सुरु गरेको हो

रास्वपाले ‘ग्राउन्ड सर्वेक्षण’ अर्थात् जनमत संकलनमार्फत विभिन्न जिल्लामा पार्टीको अवस्था, पार्टीप्रति जनताको धारणा तथा अपेक्षा बुझ्न टोली परिचालन गरेको जनाएको छ। जनमत संकलनका लागि आन्तरिक रूपमा सम्बन्धित जिल्लाकै पार्टी नेताहरूलाई जिम्मेवारी दिइएको छ।

रास्वपाका एक नेताका अनुसार यसअघिका निर्वाचनको मतपरिणामको विश्लेषणसमेत भइरहेको छ। उनले भने, “अघिल्लो निर्वाचनको मतपरिणाम हेर्ने कुरा त छँदै छ, तर त्योभन्दा पनि प्रभावकारी तथ्यांक प्रत्यक्ष रूपमा ग्राउन्डबाट आउँछ भन्ने निष्कर्षका साथ साथीहरू विभिन्न निर्वाचन क्षेत्रमा खटिनुभएको छ।”

हाल काठमाडौं उपत्यका, झापा र महोत्तरीमा ग्राउन्ड सर्वेक्षण टोली खटाइएको छ। सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा जित्ने सम्भावना देखिएका उम्मेदवारलाई प्रत्यक्षतर्फ अघि सार्ने तयारी रहेको स्रोतले जनाएको छ।