जापानी र भारतीयसँगै तीन वटा निर्माण कम्पनी कालोसूचीमा
काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा जापान र भारतको एकरएक गरी दुई वटा विदेशी तथा नेपाली एउटा निर्माण कम्पनी रहेको छ ।
सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर जनाएको छ । कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच–एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्माण सेवा रहेका छन् ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना, कैलालीको सिफारिशमा मरुशिन शिताकालाई र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय इकाइ, ललितपुरको सिफारिशमा पीएच–एसएमएनएस जेभी र शंकरमाली निर्माण सेवालाई कालोसूचीमा राखिएको हो । मरुशिनलाई दुई वर्ष र र पीएच–एसएमएनएस तथा शंकरमालीलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।



थर्ड पोल 