जनार्दन शर्माले गरे माओवादी सचिवालय बैठक बहिस्कार

जनार्दन शर्माले गरे माओवादी सचिवालय बैठक बहिस्कार

नेकपा (माओवादी केन्द्र)को सचिवालयय बैठक नेता जनार्दन शर्माले बहिस्कार गरेका छन्। 

आइतबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नेता शर्मा सहभागी नभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। 

'हिजो आफ्नो कुरा राखेर निस्कनुभएको थियो। आज बैठकमा आउनुभएन,' प्रवक्ता सापकोटाले भने।

शर्माले शनिबारको बैठकमा एकीकृत समाजवादीसँग एकता गर्न नहुने पक्षमा फरक मत राखेका थिए। 

आफ्नो भनाइ राखेर उनी बैठकबाट बाहिरिएका थिए। 

पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयलाई बेवास्ता गरेर एकता गर्नु गलत हुने उनले बताएका छन्। 

आइतबार पुनः बसेको बैठकमा एकताबारे संगठनात्मक विषयमा छलफल भएको प्रवक्ता सापकोटाले बताएका छन्।