चीनतर्फबाट आएको बाढीले रसुवाको सीमा क्षेत्रमा क्षति, भन्सार कार्यालयको केही गाडी बगायो
रसुवाको सीमा क्षेत्रमा चीनतर्फबाट आएको बाढीको कारण केही भन्सार कार्यालयमा क्षति पुगेको छ ।
सो कार्यालयमा रहेका १५० गाडीमध्ये अधिकांश बगाएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
मितेरी पुल र केही मानिसलाई पनि बगाएको आशङ्का गरिएपनि आधिकारिक पुष्टि हुन नसकेको बताइएको छ ।
बाढीको सूचना पाएसँगै उद्धारको लागि टोली पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।



थर्ड पोल 