चितवनमा सडक दुर्घटना बढ्दो, ४ महिनामा २९ ले गुमाए ज्यान

चितवनमा सडक दुर्घटना बढ्दो, ४ महिनामा २९ ले गुमाए ज्यान

 सडक दुर्घटना बढ्दो मानवीय क्षतिको कारण बन्ने गरेको छ । दुर्घटनामा परेर अंगभंग हुनेदेखि ज्यानै गुमाउनेसम्मका घटना बढिरहेका छन् ।

पूर्वपश्चिम राजमार्गको एक प्रमुख र व्यस्त सडकखण्ड चितवनमा पर्ने गर्छ । पछिल्ला वर्ष चितवनमा सडक दुर्घटना बढिरहेको छ । पछिल्लो चार महिनाको अवधिमा चितवनमा २९ जनाले ज्यानसमेत गुमाएका छन् । तिनमा २१ पुरुष, ६ महिला र दुई बालबालिका छन् 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २९ जनाले ज्यान गुमाएका हुन् ।

यो अवधिमा दुई सय २४ दुर्घटना भएको र तनी सय ३३ सवारीसाधन दुर्घटनामा परेको थापाले जानकारी दिए । ती दुर्घटनामा चार सय ५६ जना घाइते भएका छन् । दुर्घटनामा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर छन् ।