चितवनमा जेनजी आन्दोलनका ९ जना घाइतेले लिए राहत र परिचयपत्र
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये ९ जनाले राहत रकम बुझेका छन् । उनीहरूले परिचय पत्रसमेत लिएका छन
जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरूले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरू परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन् । उनले भने- “कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ ।”
जेनजी आन्दोलनका जिल्ला नेतृत्वहरूले यसलाई लिखत रुपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ । स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरूले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने उनले बताइन् ।



थर्ड पोल 