घुस डिल काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त नगरेपछि शेखर भन्छन् : यस्तै रहेछ यहाँको चलन

घुस डिल काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त नगरेपछि शेखर भन्छन् : यस्तै रहेछ यहाँको चलन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस काण्डमा मुछिए पनि कारबाही नभएपछि नेपाली कांग्रेसका नेता शेखर कोइराला सामाजिक सञ्जालमा असन्तुष्टी पोखेका छन् । मंगलबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले घुस लिएको अडियो भाइरल हुँदा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गर्नुको सट्ट उल्टै मन्त्रिपरिषद् बैठकमा बोलाएको र सो विषयमा कुनै छलफल समेत नगरेको भन्दै कांग्रेस साक्षी किनाराका सदर भएको बताएका छन् । 

उनले भनेका छन्, यस्तै रहेछ यहाँको चलनस् मन्त्री क्वाटरमा बिहानै आएर बिचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद बैठकमा भाग लिन्छन् ।

सदनमा विपक्षी दलहरू कर्मकाण्डी भएर राजीनामा माग्ने र सहयात्री दल कांग्रेस साक्षी किनाराका सदर भएको उनको भनाई छ ।उनले भने सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ।