घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज नेपाली सनचाँदी बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ थियो ।
यसअघि बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ थियो ।सुनसँगै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी आज १७९५ रुपैयाँमा झरेको छ ।



थर्ड पोल 