गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीको घर निरीक्षण, निर्वाचन तयारीबारे चासो
गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार काठमाडौँको चपलीस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासको निरीक्षण गरेका छन
जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको भण्डारीको घरको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले क्षतिको विवरण लिएका थिए।
सो निरीक्षणलगत्तै गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसँग भेटेर छलफलसमेत गरे। छलफलका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका बारेमा गृहमन्त्रीसँग चासो व्यक्त गरेकी थिइन्।
यसअघि गृहमन्त्री अर्यालले काठमाडौँको बोहोराटारस्थित वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको घरको पनि निरीक्षण गरेका थिए भने पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए।



थर्ड पोल 