गुल्मीमा विद्युत सर्ट भएर आगलागी हुँदा एउटा घर जल्यो

गुल्मीमा विद्युत सर्ट भएर आगलागी हुँदा एउटा घर जल्यो

गुल्मीमा विद्युत सर्ट भएर आगलागी हुँदा एउटा घर जलेको छ । रेसुङ्गा नगरपालिका–४ अर्खलेमा विहान स्थानीय इश्वरीप्रसाद भण्डारीको तीनतले कच्ची घरमा अचानक विद्युत सर्ट हुँदा आगो लागेको थियो ।

आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घरभित्र रहेका अन्नपात, लत्ता–कपडालगायत सबै जलेको छ ।

आगलागी भएको घरसँगै जोडिएको अर्को पक्की घरमा पनि आंशिक क्षति भएको छ । स्थानीयबासीन्दा र रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको छ ।