गण्डकीको जिल्लालाई बागमतीको बजेट, कांग्रेस सांसदहरुले भने– बिचौलिया हाबी भयो

गण्डकीको जिल्लालाई बागमतीको बजेट, कांग्रेस सांसदहरुले भने– बिचौलिया हाबी भयो

नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्यहरुले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गरेका छन् ।

बुधबार राति अबेरसम्म बसेको संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले मुख्यमन्त्री लामा र आर्थिक मामिलामन्त्री काफ्लेले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको भन्दै आलोचना गरेका हुन् ।

उनीहरुले बजेटमा बिचौलिया हाबी भएको र बिचौलियाको स्वार्थअनुसार बजेट बिनियोजन भएको आरोपसमेत लगाएको एक सहभागीले बताए । ‘बजेटमा बिचौलिया छिरेर स्वार्थअनुसारको बजेट पारे, बजेटमा उनीहरु हाबी भए । तर हाम्रा योजनामा बजेट परेन भनेर माननीयज्युहरुले कुरा उठाउनु भएको थियो,’ एक सांसदले भने ।

सांसदहरु छिरिङ दोर्जे लामा, प्रभात तामाङ, श्रीराम लामिछानेलगायतका सांसदहरुले संसदीय दलको बैठकमा कडा प्रतिक्रिया राखेको स्रोतले बतायो ।