पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टामा नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने २६९ जना कोरोना संक्रमणमुक्त भएका छन्।
