कास्की कारागारबाट फरार कैदी पाल्पाबाट पक्राउ

कास्की कारागारबाट फरार कैदी पाल्पाबाट पक्राउ

कास्की कारागार बाट फरार कैदी पाल्पामा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा माथागढी गाउँपालिका वडा नम्बर ३ सराई बस्ने ४३ वर्षीय केशव कुमाललाई अस्थायी प्रहरी पोस्ट माडि फाँटको टोलीले पक्राउ गरेको हो।

कास्की कारागारमा कैद भुक्तान गरिरहेका कुमाल जेन-जेड आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट फरार भएका थिए।

प्रहरीको निरन्तर निगरानी तथा गोप्य सूचनाको आधारमा कुमाललाई आइतबार साझ साढे ५ बजेको समयमा उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले कुमाललाई नियन्त्रणमा लिइएको बताए।