कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

सरकारले गणतन्त्र कोरियामा सिपयुक्त श्रमिक (ई–७ भिसा) पठाउने तयारी अघि बढाएको छ ।

इजाजतपत्र संस्था (म्यानपावर कम्पनी) मार्फत दक्ष कामदार पठाउने गरी तयारी अघि बढाइएको हो । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक कार्यविधि तयार पारेको छ । सोही अनुसार कामदार पठाउने गरी सरकार अघि बढेको हो ।

सरकारले ‘गणतन्त्र कोरियामा सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८०’ जारी गरी निजी क्षेत्रमार्फत श्रमिक पठाउने बाटो खोलेको हो ।

हालसम्म तीन पटक संशोधन भइसकेको यो कार्यविधि अनुसार रोजगारदाताले नि:शुल्क भिसा उपलब्ध गराए वा शून्य लागतमा श्रमिक लैजाने अवस्थामा ईपीएस प्रणाली सरह न्यूनतम शुल्कमा पठाउन सकिने व्यवस्था छ ।