केपी ओलीलाई सुरेन्द्र पाण्डेले सम्झाएको छैटौं महाधिवेशनको घटना
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने गरी निर्णयको प्रस्ताव गर्नेबित्तिकै केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिवाद गरे।
उपाध्यक्ष पाण्डेले छैठौं महाधिवेशनको एउटा घटना स्मरण गराउँदै कुनैकुनै कदमले कम्युनिस्ट आन्दोलनलाई विभाजित र विखण्डित हुन पुगेको सन्दर्भ राखेका थिए।
‘तपाईंले ब्लन्डर गर्दै हुनुहुन्छ कमरेड! छैठौं महाधिवेशनको बन्द सत्रको हलमा दुई जनालाई कारबाही गरिएको थियो। त्यसपछि के भयो हामी सबैलाई थाहा छ, त्यसकारण हतारमा कुनै निर्णय नगरौं,’ उनले छैठौं महाधिवेशनको सन्दर्भ उप्काउँदै केन्द्रीय कमिटीको बैठकमा भनेका थिए।
त्यसपछि अध्यक्ष ओलीले ‘छैठौं महाधिवेशनमा के भएको थियो रे! किन कारबाही गरिएको थियो रे!’ भन्दै अनभिज्ञता प्रकट गरेका थिए।
तर एमालेका एक नेताका अनुसार यो सबैलाई थाहा भएको प्रसंग थियो। र, एमाले इतिहासको चर्चित प्रसंग पनि हो।
ती नेताका अनुसार २०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगञ्जको बाँकेमा एमालेको छैठौं महाधिवेशन भएको थियो।
२०५३ असोज ४ गते बहुचर्चित महाकाली सन्धिमा हस्ताक्षर भएको थियो। सदनमा मात्र होइन एमालेभित्रै पनि पक्षविपक्ष भएको थियो। र, पार्टी नै ध्रुवीकृत हुन पुगेको थियो।
यही विवाद चर्किएको १६ महिनापछि पार्टी महाधिवेशन भएको थियो।



थर्ड पोल 