किन विवादमा तानिइन् रास्वपा उमेदवार आशिका तामाङ ? सचिवालयले भन्यो–जर्मनको पीआर छैन

किन विवादमा तानिइन् रास्वपा उमेदवार आशिका तामाङ ? सचिवालयले भन्यो–जर्मनको पीआर छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट धादिङ निर्वाचन क्षेत्र नम्बर–१ मा उमेदवार बनेकी आशिका तामाङ विवादमा तानिएकी छन् ।

प्रतिनिधि सभा सदस्यका लागि उमेदवार बनेकी उनीविरुद्ध बिहीबार एक समुह उजुरी दिन निर्वाचन कार्यालय धादिङ पुगेपछि विवादमा तानिएकी हुन् । 

उनको सचिवालयले आशिकासँग जर्मनको स्थायी आवासीय (पीआर) नरहेको बताएको छ । 

“हिजो एक समूह आशिकासँग जर्मनको पीआर रहेको भन्दै उजुरी दिन पुगेको थियो । तर, प्रमाण नपुगेपछि फर्कियो । आशिकासँग पीआर छैन, टीआर मात्रै हो । निर्वाचन कार्यालयले उमेदवार बन्न योग्य भनिसकेको छ,”  सचिवालय स्रोतले भन्यो । 

आशिकाको स्थायी ठेगाना धादिङको गजुरी गाउँपालिकाको मलेखु रहेको सचिवालयले जनाएको छ ।