कांग्रेस कार्यबाहक सभापति र महामन्त्री छलफल जारी

कांग्रेस कार्यबाहक सभापति र महामन्त्री छलफल जारी

नियमित समयमै नियमित महाधिवेशनको दबाब बढिरहेका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक चलिरहेको छ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन्।

कार्यबाहक सभापति खड्का भने पहिले निर्वाचन र त्यसपछि मात्रै महाधिवेशनमा जानुपर्ने पक्षमा छन्। उनलाई संस्थापनका नेताहरुले बलियो साथ दिइरहेका छन्। यही कारण कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी कार्यतालिका पेश हुन सकेको छैन।

महामन्त्री थापा बिहीबारको बैठकमा कार्यतालिका पेश गर्ने तयारीमा थिए। तर, कार्यबाहक सभापति खड्का तयार नभएपछि थापा बैठकमै सहभागी भएनन्।