एलन मस्कले अस्वीकार गरे लागुऔषध सेवनको आरोप

एलन मस्कले अस्वीकार गरे लागुऔषध सेवनको आरोप


काठमाडौं । अमेरिकी अर्बपति व्यापारी एलन मस्कले सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनाव अभियान अवधिमा अत्यधिक मात्रामा केटामिन र अन्य लागुऔषध सेवन गरेको भन्ने न्युयोर्क टाइम्सको खबरलाई झुटो भन्दै खण्डन गरेका छन् ।

यसअघि न्युयोर्क टाइम्सले शुक्रबार प्रकाशित गरेको एक रिपोर्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार अर्बपति मस्कले केटामिन (शक्तिशाली एनेस्थेटिक) धेरै मात्रामा सेवन गरेका कारण उनको मूत्राशयमा समस्या देखिएको उल्लेख गरेको थियो ।

उक्त रिपोर्टमा विश्वकै धनी व्यक्ति मस्कले इक्स्टासी र मसरुम पनि सेवन गरेको र सन् २०२३ मा उनी पिल बक्स साथमा लिएर हिँड्ने गर्थे भन्ने उल्लेख गरिएको थियो ।