एक महिना दश दिनदेखि लघुवित्त पीडितहरु निरन्तर आन्दोलित

एक महिना दश दिनदेखि लघुवित्त पीडितहरु निरन्तर आन्दोलित


काठमाडौं । लघुवित्त पीडितहरुले सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको भन्दै काठमाडौंमा निरन्तरप्रदर्शन गर्दैै आएका छन् । गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।

आज आन्दोलनको १ महिना १० दिन पूरा भएको छ।उनीहरूले लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको ब्यानरमा प्रदर्शन गर्दै आएका छन् ।लघुवित्त पीडितहरूले लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनको लागि काठमाडौँ केन्द्रित आन्दोलन गरेको बताउँदै आएका छन् ।

सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू गत चैतमा काठमाडौँ आएका थिए ।गत चैतमा सरकार र लघुवित्त संघर्ष समितिबीच भएको सहमतिमा ऋणीहरूको साँवा ब्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनः स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाइते, अपाङ्ग, दीर्घरोगी), वास्तविक पीडितहरूको कर्जा मिनाहा लगायतका विषयमा सहमति भएको थियो । तर सहमति लत्त्याउँदै लघुवित्त संस्थाहरूले ऋणीलाई पुनः दबाब दिँदै धितो लिलाम गर्न थालेको भन्दै उनीहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।