उपनिर्वाचनः इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान
काठमाडौं । इलाम–२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ ।अहिलेसम्म इलाम–२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा–१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन भइरहेको छ ।



थर्ड पोल 