उज्यालो नेपालको समानुपातिक सूचीमा गायिका त्रिशला गुरुङ
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले चर्चित गायिका तथा चिकित्सक त्रिशला गुरुङलाई समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षतालाई आधार मानेर गुरुङलाई अघि सारेको जनाएको छ।
पार्टीका अनुसार हालको स्वास्थ्य प्रणालीमा असमान पहुँच, उपचार खर्चको वृद्धि, ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्तिको अभाव र बजेट कार्यान्वयनको कमजोरी प्रमुख चुनौतीका रूपमा छन्। गुरुङको चिकित्सकीय अनुभव र नीतिगत समझले संसदमा प्रमाणमा आधारित र व्यवहारिक बहस अघि बढाउने विश्वास व्यक्त गरिएको छ।



थर्ड पोल 